Monday 25th May 2026

मोरङमा पोखरी र खोलामा डुबेर २ जनाको मृत्यु


तितोपाटी – पानीमा डुबेर पूर्वोत्तर मोरङमा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा उर्लाबारी नगरपालिका-१ का १९ वर्षीय दीलकुमार लिम्बू र मिक्लाजुङ गाउँपालिका-९ का ७२ वर्षीय वृद्ध भीमबहादुर माझी छन् ।

लिम्बू साथीहरुसँग गाउँ नजिकैको जमेको पानीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

मिक्लाजुङ-९ महेश चोकका भीमबहादुर माझीको स्थानीय राम्री खोलामा डुबेर मृत्यु भएको हो । बिहान घरबाट बाहिर निस्किएका माझीलाई दिउँसो डेढ बजेतिर खोला किनारमा मृत अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

प्रतिकृयाहरू
...