Sunday 4th October 2026

मनाङमा खोलाले बगाएर रोल्पा थबाङका २ जना वेपत्ता


तितोपाटी – मनाङको नार्पाभूमि गाउँपालिका–४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको हो । गाउँमा बाटो निर्माण गरी फर्केका दुईजनामध्ये चिप्लिएर लडेका शीतललाई बचाउने प्रयास गर्दा रमेश पनि खोलामा पुगे पछि दुवै लाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

इन्सपेक्टर विनोद श्रेष्ठले घटना मंगलबारको भएपनि बुधबार मात्रै खबर पाएको र सम्भावित स्थानमा खोजीकार्य थालेको बताए । घटनास्थल फू गाउँबाट करीब २ घण्टा र मनाङको चामेबाट करीब २ दिन टाढा पर्छ । बेपत्ताको खोजीका लागि प्रहरी चौकी मेताको सवै टोली खटिएको उनले बताए । मेताको प्रहरी उक्त ठाउँ पुग्न ४ घण्टा लाग्ने प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

प्रतिकृयाहरू
...