Sunday 4th October 2026

नवलपरासीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २१ घाइते


तितोपाटी –

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस सुनवल नगरपालिका–१२, भुमहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका–१, अर्चेङका अन्दाजी ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । बस पल्टदा उनको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो भने उनकी अन्दाजी ६ वर्षीया छोरी सुप्रिया लम्साल गम्भिर घाइते भएकी छिन् ।

घाइतेहरु मध्ये १० जना गम्भिर रहेको र उनीहरुको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भईरहेको छ । सामान्य घाइतेको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...