Thursday 13th November 2025

बेलायतमा कोरोना संक्रमण पुनः दोहोरियो


तितोपाटी – कोरोना भाइरस (कोभिड–१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा कोरोना संक्रमण पुनः दोहोरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर (वेभ) आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले संक्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।

यसअघि बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण हजारौंको ज्यान जान सक्ने चेतावनी दिएको थियो । बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले केही हप्तायताको स्वास्थ्य अवस्था निकै नै नाजुक बन्दै गएको बताउँदै मे महिना देखि न्यून रहेको संक्रमित थपिने क्रम पुनः थपिएपछि चिन्ता जनाएको छ ।

दुई सातायता संक्रमण बढ्न थालेपछि इंग्ल्यान्डमा कतिपय क्षेत्रमा कडा प्रतिबन्ध सुरु भइसकेको छ । हाल त्यहाँ तीन दिन यता दैनिक ४ हजार भन्दा बढि संक्रमितहरू थपिन थालेका छन् । नर्थ इस्ट इंग्ल्यान्डमा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि थप कडाइ गरिएको छ । सरकारी घोषणाअनुसार गत बिहीबार मध्यरातदेखि त्यस क्षेत्रका करिब २० लाख मानिस अर्को परिवारसँग घुलमिल हुन वञ्चित भएका छन् । बार, पबका लागि १० बजेपछि कफ्र्यु लगाइएको छ ।

हाल बेलायतमा ३ लाख ८१ हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित भइसकेका छन् भने ४१ हजार भन्दा बढिको मृत्यु भइसेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...