Wednesday 7th October 2026

अफगानिस्तानमा सेना र विद्रोही बिच झडप हुँदा कम्तिमा ५४ जनाको मृत्यु


तितोपाटी – अफगानिस्तानमा सेना र विद्रोही पक्षबिच झडप हुँदा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् ।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय भएको यो ठूलो भिडन्त हो । प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले सिन्ह्वालाई दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भएका छन् ।
पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीहरूविरूद्ध सुरक्षा बलले जवाफी कारबाही गरेको अर्को एक घटनामा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको थियो । घटनामा छसैनिक र पाँच लडाकू घाइते भएका छन् ।
जिल्ला प्रमुख हैदर शरीफीले सिन्ह्वासँग भन्नुभयो, “प्रशासन कार्यालयलाई लडाकू समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाद सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका थिए । भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...