Monday 23rd March 2026

योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री निर्वाचित


तितोपाटी – जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । उनी १ वर्षका लागि प्रधानमन्त्री बनेका हुन् । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सुगाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएको थियो ।

बुधबार भएको निर्वाचनमा ७१ बर्षीय सुगाको पक्षमा बढी मत खसेपछि सुगालाई प्रधानमन्त्री चयन गरिएको हो । उनले सोमबार भएको आफ्नै पार्टीको निर्वाचनामा ५३४ मध्ये ३७७ भोट ल्याएका थिए ।

नव निर्वाचित प्रधानमन्त्री सुगा आबे निकटका नेना मानिन्छन् । केही दिन अघि निबर्तमान प्रधानमन्त्री सिन्जो आबेले अस्वास्थका कारण समय अवधि पूरा नभई पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै गरी बुधबार भएको तल्लो सदनमा भएको मतदानमा पनि उनले सहजताका साथ जीत हासिल गरेका हुन् । उनले आजै बुधबार नयाँ मन्त्रीपरिषदको बिस्तार गर्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...