Thursday 30th October 2025

बार्सिलोनाका मेस्सी सन २०२० का सर्वाधिक कमाउने फुटबलर


तितोपाटी – बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे ।

यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर
२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर
३. नेयमार– ९ करोड ६० लाख डलर
४. केलियन एमबापे– ४ करोड २० लाख डलर
५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर
६. पउल पोग्बा– ३ करोड ४० लाख डलर
७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर
८. गेराथ बेल– २ करोड ९० लाख डलर
९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर
१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर


सम्बन्धित शीर्षकहरु

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

प्रतिकृयाहरू
...