Friday 19th June 2026

अष्ट्रियन खेलाडी थियम बने युएस ओपन पुरूष च्याम्पियन


तितोपाटी – अष्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन २०२० टेनिसको च्याम्पियन बनेका छन् । उनले करियरको पहिलो ग्राण्डसलाम टेनिस उपाधि जितेका हुन्को । हिँजो भएको फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर जेभरेभविरुद्ध पुनरागमन जित हात पार्दै थिएमले उपाधि जितेका हुन् ।

दुई सेटले पछि परेको अवस्थामा थिएमले शानदार पुनरागमन गरे । २७ वर्षीय थिएमले यसअघि ३ वटा ग्राण्डसलाम फाइनलमा हार व्यहोरेका थिए । उता पहिलो पटक ग्राण्डसलाम फाइनल खेलेका २३ वर्षीय जेभरेभ भने उपाधिको नजिक पुगेर पनि चुके ।

न्यूयोर्कमा भएको फाइनलको पहिलो दुई सेट जेभरेभले ६-२, ६-४ ले जितेका थिए । तर त्यसपछि थिएमले शानदार पुनरागमन गरे । उनले त्यसपछिका सेट क्रमश: ६-४, ६-३ , ७-६ (८-६) ले आफ्नो पक्षमा पारे ।

अर्जेन्टिनी गास्टोन गाउडियोले सन् २००४ मा फ्रेन्च ओपन जितेयता दुई सेटमा पछि परेर फाइनल जित्ने थिएम पहिलो खेलाडी समेत बने ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...