Tuesday 17th June 2025

अष्ट्रियन खेलाडी थियम बने युएस ओपन पुरूष च्याम्पियन


तितोपाटी – अष्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन २०२० टेनिसको च्याम्पियन बनेका छन् । उनले करियरको पहिलो ग्राण्डसलाम टेनिस उपाधि जितेका हुन्को । हिँजो भएको फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर जेभरेभविरुद्ध पुनरागमन जित हात पार्दै थिएमले उपाधि जितेका हुन् ।

दुई सेटले पछि परेको अवस्थामा थिएमले शानदार पुनरागमन गरे । २७ वर्षीय थिएमले यसअघि ३ वटा ग्राण्डसलाम फाइनलमा हार व्यहोरेका थिए । उता पहिलो पटक ग्राण्डसलाम फाइनल खेलेका २३ वर्षीय जेभरेभ भने उपाधिको नजिक पुगेर पनि चुके ।

न्यूयोर्कमा भएको फाइनलको पहिलो दुई सेट जेभरेभले ६-२, ६-४ ले जितेका थिए । तर त्यसपछि थिएमले शानदार पुनरागमन गरे । उनले त्यसपछिका सेट क्रमश: ६-४, ६-३ , ७-६ (८-६) ले आफ्नो पक्षमा पारे ।

अर्जेन्टिनी गास्टोन गाउडियोले सन् २००४ मा फ्रेन्च ओपन जितेयता दुई सेटमा पछि परेर फाइनल जित्ने थिएम पहिलो खेलाडी समेत बने ।


सम्बन्धित शीर्षकहरु

असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म…

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको…

पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक…

प्रतिकृयाहरू
...