Sunday 4th October 2026

पाँचथरमा भएको जीप दुर्घटनामा १ को मृत्यु, ९ घाइते


तितोपाटी – पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । जीपमा चालकसहित १० जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ । घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन ।

अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...