Saturday 22nd August 2026

“फ्रेन्च लिग कप”को उपाधि पीएसजीले जित्यो


तितोपाटी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  “फ्रेन्च लिग कप” फुटबलको उपाधि जितेको छ । गए राती भएको फाइनल खेलमा लियोनलाई पेनाल्टी सुटमा ६-५ गोलले पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो ।

निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो । जसमा पीएसजीले ६ गोल गरेको थियो भने लियोनले ५ गोल मात्र गर्न सफल भयो । पीएसजीका सबै खेलाडीले गोल गरेका थिए । उता लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टीमा चुक्दा उसले हार बेहोर्नु परेको थियो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । लियोनका राफयलले एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीलेलाई रातो कार्ड दिएका थिए । त्यसपछि ११९औं मिनेटमा राफयल मैदानबाट बाहिरिए । अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ ।


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...