Friday 3rd May 2024

टोकियोमा नेपथ्यको ‘नराम्रो सपना’


तितोपाटी – नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो।

सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो। ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो।

‘तीन वर्षअघि हामी समवेदना बाँड्न तपाइहरुका सामु प्रस्तुत भएका थियौं,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाँड्न तपाइहरु सामु उभिएका छौं ।’ नेपथ्य स्थापनाको २५ वर्ष पुगेका अवसरमा रजत जयन्तीको खुशी साटासाट गर्ने क्रममा आफू जापानका दर्शकहरुको सामु उपस्थित भएको अमृतले उल्लेख गरे।

कन्सर्टमा ‘भेँडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरु ‘शिरफूल’ र ‘कोशीको पानी’ सम्म प्रस्तुत भएका थिए।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...