Tuesday 28th July 2026

टोकियोमा नेपथ्यको ‘नराम्रो सपना’


तितोपाटी – नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो।

सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो। ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो।

‘तीन वर्षअघि हामी समवेदना बाँड्न तपाइहरुका सामु प्रस्तुत भएका थियौं,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाँड्न तपाइहरु सामु उभिएका छौं ।’ नेपथ्य स्थापनाको २५ वर्ष पुगेका अवसरमा रजत जयन्तीको खुशी साटासाट गर्ने क्रममा आफू जापानका दर्शकहरुको सामु उपस्थित भएको अमृतले उल्लेख गरे।

कन्सर्टमा ‘भेँडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरु ‘शिरफूल’ र ‘कोशीको पानी’ सम्म प्रस्तुत भएका थिए।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...