Wednesday 13th August 2025

नेपालको कोरोना अपडेटः जम्मा संक्रमित१७०६१, निको भएका १०३२८, जम्मा ३८ जनाको मृत्यु


तितोपाटी – नेपालमा  पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ३४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७०६१ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ६६९५ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १०३२८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २५ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट २ लाख ९३ हजार ६साय ७८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २४ हजार ७ सय १६ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ३२ लाख ६५ हजार भन्दा बढि संक्रमित भइ ७७ लाख ३१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ७६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

इरानको प्रहरीले जुनमा इजरायल र इरानबीच भएको १२ दिने हवाई युद्धको क्रममा २१,००० जनालाई हिरासतमा लिएको बताएको छ, राज्य सञ्चारमाध्यमले…

प्रतिकृयाहरू
...