Sunday 21st June 2026

आदिकवि भानुभक्त -सुशिल बस्याल


सुशिल बस्याल – भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम कालका प्रतिनिधि कवि हुन । आधुनिक भाषा तथा साहित्यका महान् कवि भानुभक्त हुन् । उनी बाल्मिकीले लेखेको संस्कृत रामायणालाइ अनुवाद गरि नेपाली भाषाको रामायण बनाएकोले सबैभन्दा प्रख्यात मानिन्छन् । उनलाइ मोतीराम भट्टले पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधी दिएका थिए । मोतीराम भट्टले नै भानुभक्तका पाण्डुलिपिहरू संग्रह गरेर पुस्तकाकार दिएका हुन् ।

भानुभक्तले घाँसीको घाँस काटेर पाटी पौबा बनाउने इच्छाबाट जसरी भएपनि नाम कमाउनु पर्छ भन्ने प्रेरणा पाएका थिए भन्ने भनाई छ । भानुभक्त सानै देखि नेपाली भाषाको कवितामा बोल्थे ,गाउँथे र नाच्थे पनि  । नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन् ।

भानुभक्तको बहुआयामिक व्यक्तित्व इतिहासका पाना पल्टाउँदा भेटिन्छ। उनको लेखनशैलीको भाषिक मिठास नेपालीलाई गर्व गर्ने विषय पनि बनेको छ । समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गर्दै साहित्यमा उतार्ने भानुभक्तको लेखाईमा राष्ट्रियता भेटिन्छ र उनका रचनामा नेपाली समाज र परिवेशको अत्यन्तै मिठासपुर्ण वर्णन  आउने गर्दछ । उनले साहित्य मार्फत धेरै कुरा दिएर गए जुन कुरा समाजको लागि र स्वयंम् ब्यक्तिको लागि प्रेरणाको स्रोत बनिराखेको छ ।भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व अतुलनीय छ । उनले नेपाली समाजका विविध वर्गहरुको बिचको एकतालाई मूलभाषा तथा संस्कृति प्रदान गरेर समाजलाई सेवा गरे।त्यही सेवाको सम्पुर्ण नेपालीहरुले आदर र सम्मानका साथ स्मरण गरिराख्नु पर्छ ।

बगनासकाली ८ बेलौतिखरक,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...