Friday 9th October 2026

बन्दै नबन्ने रहेछ”कबिता”


बन्दै नबन्ने रहेछ”कबिता”

युब राज बस्याल-कुवेत

बनाउन मात्रै जानेर नहुने रहेछ
भत्काउने कला पनि जान्नु पर्ने

कसैको अस्तित्व नसकिए सम्म
केहि नयाँ यहाँ बन्दै नबन्ने रहेछ

सिलाउन मात्रै जानेर पुग्दैन रहेछ
बेलाबखत उधार्न पनि जान्नु पर्ने

सिंगो कपडा टुक्राटुक्रा नभए सम्म
कसैको पहिरन सम्म नबन्ने रहेछ

अहिंसा भनेर मात्रैले नपुग्ने रहेछ
प्रतेक गासमा कसैलाई मार्नै पर्ने

प्राण छ जीव देखी बनस्पति सम्म
बिना हिंसा कसैको केहि नबन्ने रहेछ

छातिले तान्ने स्वास त अरुकै रहेछ
लिने बित्तिकै तुरुन्तै फर्काइदिन पर्ने

जित्नुपर्ने यो शरीर देखि इश्वर सम्म
बिना युद्ध कसैको केहि नबन्ने रहेछ


सम्बन्धित शीर्षकहरु

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

प्रतिकृयाहरू
...