Friday 17th April 2026

मास्क नलगाइ घर बाहिर निस्कनेलाइ पक्राउ गरिने


तितोपाटी – नेपालमा मास्क नलगाइ घर बाहिर निस्कनेहरूलाइ पक्राउ गरिने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मास्क नलगाइ घरबाट बाहिर निस्कनेलाइ पक्राउ गर्न प्रहरीलाइ अादेश दिएको हो । मन्त्रालयले मास्क नलगाइ स्वास्थ्य सम्बन्धी नियम पालना नगरी बाहिर हिँड्नेलाइ पक्राउ गरि संक्रामक रोग ऐनअनुसार कारबाही गर्न परिपत्र गरेको हो ।

नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले घरबाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम कडाइका साथ कार्यान्वयन गर्न लागेको हो । संक्रमित व्यक्तिहरू पनि मास्क नलगाई निस्कन सक्ने र उनीहरूबाट संक्रमण फैलन सक्ने भएकाले मास्क नलगाउनेलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको कारण लामो समय सम्म लकडाउन गर्नुपर्ने स्थिति सिर्जना भए पछि सरकारले सर्वसाधारणको जनजीवन कष्टकर नहोस भनेर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप नियम पालन गरेर बाहिर निस्कन छुट दिएकोमा स्वास्थ्य सम्बन्धी नियम उल्लंघन बढेपछि संक्रमण बढ्ने डरले कडाइ गरिएको हो ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...