Saturday 26th July 2025

ब्रतको बन्धन – झ्याउरे छन्द -हरि शर्मा ( सुवेदी )


ब्रतको बन्धन – झ्याउरे छन्द
-हरि शर्मा(सुवेदी)

हात्तीलाई बश अंकुशले गर्छ दाम्लाले गोरुको ।
कुकुरलाई बश साङ्लाले गर्छ पिंजडा सुगाको । १ ।

मान्छेको हुन्छ दाम्लो न अंकुश कर्मको बन्धन ।
कर्मको वास्ता नगर्दा खेरि छाडा भो झन्-झन । २ ।

ब्रतको बन्धन हो अनुशासन धर्मले बाँधेको ।
कर्मको साक्षी जनै हो नाम काँधमा राखेको । ३ ।

भोक र तिर्खा मान्छेको पनि पशुको जस्तै हो ।
मैथुन पनि पशुको जस्तै मान्छेले गरेको । ४ ।

चेतना मात्रै देखियो फरक मान्छे र पशुमा ।
चेतना छाडे फरक छैन यी दुबै जन्तुमा । ५ ।

अर्काको भलो गरेमा पुन्य शास्त्रको बचन छ ।
अरुको चित्त दुखाए देखि पाप लाग्छ भन्दछ । ६ ।

काम र क्रोध लोभ र मोह मात्सर्य जति छन् ।
बलिको रुपमा इशले लिन्छन चढाए राम्रो झन् । ७ ।

सँस्कृति हाम्री हजुर्मा परिन आमा हुन नेपाली ।
बिश्वको कुनै कुनामा बसौँ हामी हौँ नेपाली । ८ ।

भाषा र भेष चाड र पर्व सँस्कृति बचाए ।
इज्जत हाम्रो बढेर जाला सबैले चाल पाए । ९ ।

गल्कोट, बाग्लुङ,नेपाल्
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

प्रतिकृयाहरू
...