Sunday 27th July 2025

नुवाकोटमा झाँकीको विश्वासमा उपचार गर्दा एक सुत्केरीको मृत्यु


तितोपाटी – झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको मृत्यु भएको हो ।

सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिष्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

बुधबार दिउँसो सुत्केरी भएकी माइली तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए । धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु गएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताए ।

स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न पनि माइली नआएको र अहिले मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको अहेव श्रेष्ठले बताए ।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो । बेलैमा स्वास्थ्य संस्थामा पुर्याएको भए सुत्केरीको ज्यान बचाउन सकिने अहेव श्रेष्ठले बताए ।

उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको छिमेकी ज्ञानबहादुर तामाङले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...