Monday 25th May 2026

नुवाकोटमा झाँकीको विश्वासमा उपचार गर्दा एक सुत्केरीको मृत्यु


तितोपाटी – झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको मृत्यु भएको हो ।

सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिष्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

बुधबार दिउँसो सुत्केरी भएकी माइली तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए । धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु गएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताए ।

स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न पनि माइली नआएको र अहिले मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको अहेव श्रेष्ठले बताए ।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो । बेलैमा स्वास्थ्य संस्थामा पुर्याएको भए सुत्केरीको ज्यान बचाउन सकिने अहेव श्रेष्ठले बताए ।

उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको छिमेकी ज्ञानबहादुर तामाङले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

प्रतिकृयाहरू
...