Saturday 10th October 2026

सरकार ! स्वदेश फिर्ती सहज बनाइदेउ – पुर्ण बहादुर खड्का


मुटु मेरो दुःखी रहन्छ
गाउँ घरलाई सम्झेर
रुन मन लाग्छ मलाई
नेपाली नागरिकको नाताले
मुटु मेरो दुःखी रहन्छ
विदेशमा अलपत्र नेपाली देखेर।

कहिले हुन्छ सरकार हाम्रो उद्दार?
सरकार भन्छ छिट्टै उद्दार हुन्छ अब
मुग्लानमा नेपालीहरु कति बस्ने हो
सरकार तिमीहरूको बाटो हेरेर
जहाज आऊदै छ रे अबा
तिर्बल भाडा मह्गो भएर
दुःखी गरीब नेपालीलाई घुडा टेकाएर ।

होसियार सरकार !
विदेशमा अलपत्र नागरिकको
पीर मर्का बुझिदेउ
अलपत्र नेपालीलाई
सस्तो भाडामा नेपाल फर्काई देउ
टिकट काट्नलाई
नेता मन्त्रीको पावर होईन सरकार
स्वतन्त्र तरीकाले टिकट पाउने गराई देउ।

मेरो सरकार !
महङ्गो भाडादर हैन
आप्रवासी दाजुभाइ दिदीबहिनीको
स्वदेश फिर्ती सहज बनाइदेउ
नेपालीको शिर उत्च बनाई हाँस्न सिकाउ ।

-पुर्ण बहादुर खड्का
हाल-मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...