Saturday 26th July 2025

कविताः सरकार ! -विशाल बस्याल


सरकार !

मनबाट भाइरसको डर हटाउन के गर्ने ?
केही सिकाईदेउ सरकार !
भोकै छन मजदुरहरु
भोक मेटाईदेउ सरकार !

कृषकहरुको तरकारी बिकेको छैन
बिकाईदेउन सरकार !
हल्ला र त्रास धेरै भयो,
केहि हुन्न भनी आशा त जगाईदेउ सरकार !

सिमा,सिमामा रुदैछन गरिब दुखिया,
केही त बिकल्प निकाल्देउ सरकार !
गरिबको झुपडीमा चुलो बाल्ने
वाताबरण मिलाईदेउ सरकार !

दुई छाक नभएपनि
एकछाक त जुगाड गर्देउ सरकार !
चुनावमा नोट र पार्टीको झन्डा बितरण गर्ने
किन मौन छन ?
राहत बाढ्न साईत कुर्न पर्छ र?
केही त बताउ सरकार !

बिदेश गएका पनि नेपाली नै हुन ,
त्यो त बुझिदेउ सरकार ,
रेमिट्यान्सकै भर नपर सरकार !
घर आउन खोजेकालाई
सुरक्षित तरिकाले ल्याउन पहल गर सरकार !

होला गारो सरकारलाइ पनि, बुझ्छौ हामी
कुन बेला के गर्ने बुझिदेउ सरकार !
पार्टीको भन्दा राष्ट्रियताको झन्डा
फहराउन सरकार !
फहरान सरकार !

विशाल बस्याल
बगनासकाली – ८ बराङ्दी
आमडाडा, पाल्पा, नेपाल


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...