Thursday 1st October 2026

कांग्रेस केन्द्रीय समिति बैठक -महाधिवेशन कार्यतालिका परिमार्जन


काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फानगु १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ । यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षडयन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए ।

संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनले बताए ।

साझा संकल्पका साथ नक्सा पारित गर्दा देश एक ठाउँमा उभिएको बेला दिल्लीसँग दिलको कुरा दृढतासँग गर्न पनि आग्रह गरिएको उनले बताए ।

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीले आफ्ना सहपाटी वा अन्य कुनैसँग सम्बन्धित भएर दिएको अभिव्यक्ति गैर राजनीतिक भएको बताए ।  सरकारले दुई तिहाइको सुविधा हुँदापनि अनुकुल परिस्थितिलाई प्रतिकुलतातर्फ बदल्दै गएको उनको भनाइ छ ।

-रातोपाटीबाट

सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...