Wednesday 14th October 2026

कोरोना महामारीका बेला नेपालमा सलह किराबाट खेतीबाली बिनाश


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा कोभिड-19 नोवल कोरोना भाइरसले सबैलाइ चिन्तित बनाइरहेको बेला यतिखेर नेपालमा सलह किराको प्रवेशले कृषि क्षेत्रलाइ नराम्ररी गाँजेको छ । यसै हप्तामात्र भारतबाट नेपाल पसेको सलह किरा अहिले सम्म नेपालका एक तिहाइ जिल्लामा पुगिसकेको छ । फट्याङ्ग्रा प्रजातीको सलह हाम्रो खेतबारीमा पाइने फट्याङ्ग्रा भन्दा ठुलो हुन्छ भने एकै ठाउँमा मात्र नबस्ने सलह ठुलो झुण्डमा हिँड्ने गर्दछ ।

सलहले मकै, धान, केरा खेती तथा तरकारी र पोसिलो घाँसमा समेत क्षति पुर्‍याएको खबरहरू फैलिरहेका छन् भने क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर पुर्‍याएको सलह सूचना केन्द्रले जनाएको छ । नेपालमा शनिबार बिहान रुपन्देहीको भैरहवा, बारा, पर्सा, सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्डको सलह नै तितरबितर भएर उडिरहेको केन्द्रले जनाएको छ ।

अहिलेसम्म सलह बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, पाँचथर, उदयपुर, खोटाङ, काभ्रे, रामेछाप, काठमाडौं, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, गुल्मी, कास्की, दाङ, प्युठान, रोल्पा र कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।

मकवानपुरमा हजार रोपनी मकैबालीमा क्षति

सलहका कारण भर्खरै रोपेको धानदेखि मकै, तरकारी तथा जंगलको हरियालीमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

सलहले मकवानपुरको बकैया र हेटौडामा एक हजार रोपनीमा लगाइएको मकै खेतीमा क्षति पुर्‍याएको सूचना केन्द्रले जनाएको छ ।

यस्तै बारा, पर्सा, रौतहट र सर्लाहीमा सलहले पोसिलो घाँस खेतीमा मात्रै असर पुर्‍याएको छ । सलहले महोत्तरीमा तरकारी लगायतका बाली नष्ट गरेको छ ।

चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बिउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

सिन्धुलीमा जंगल, रुपन्देहीमा केही तरकारी बाली तथा मकै, कपिलवस्तुमा तरकारीबाली तथा धान, पाल्पामा केही बाली तथा जंगल, स्याङ्जामा केराखेती, दाङमा रोपिएको धान, कास्कीमा घाँसे मैदान र कैलालीमा मकैखेती तथा जंगलको रुखमा सलहले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...