Wednesday 15th October 2025

कोरोना महामारीका बेला नेपालमा सलह किराबाट खेतीबाली बिनाश


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा कोभिड-19 नोवल कोरोना भाइरसले सबैलाइ चिन्तित बनाइरहेको बेला यतिखेर नेपालमा सलह किराको प्रवेशले कृषि क्षेत्रलाइ नराम्ररी गाँजेको छ । यसै हप्तामात्र भारतबाट नेपाल पसेको सलह किरा अहिले सम्म नेपालका एक तिहाइ जिल्लामा पुगिसकेको छ । फट्याङ्ग्रा प्रजातीको सलह हाम्रो खेतबारीमा पाइने फट्याङ्ग्रा भन्दा ठुलो हुन्छ भने एकै ठाउँमा मात्र नबस्ने सलह ठुलो झुण्डमा हिँड्ने गर्दछ ।

सलहले मकै, धान, केरा खेती तथा तरकारी र पोसिलो घाँसमा समेत क्षति पुर्‍याएको खबरहरू फैलिरहेका छन् भने क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर पुर्‍याएको सलह सूचना केन्द्रले जनाएको छ । नेपालमा शनिबार बिहान रुपन्देहीको भैरहवा, बारा, पर्सा, सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्डको सलह नै तितरबितर भएर उडिरहेको केन्द्रले जनाएको छ ।

अहिलेसम्म सलह बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, पाँचथर, उदयपुर, खोटाङ, काभ्रे, रामेछाप, काठमाडौं, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, गुल्मी, कास्की, दाङ, प्युठान, रोल्पा र कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।

मकवानपुरमा हजार रोपनी मकैबालीमा क्षति

सलहका कारण भर्खरै रोपेको धानदेखि मकै, तरकारी तथा जंगलको हरियालीमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

सलहले मकवानपुरको बकैया र हेटौडामा एक हजार रोपनीमा लगाइएको मकै खेतीमा क्षति पुर्‍याएको सूचना केन्द्रले जनाएको छ ।

यस्तै बारा, पर्सा, रौतहट र सर्लाहीमा सलहले पोसिलो घाँस खेतीमा मात्रै असर पुर्‍याएको छ । सलहले महोत्तरीमा तरकारी लगायतका बाली नष्ट गरेको छ ।

चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बिउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

सिन्धुलीमा जंगल, रुपन्देहीमा केही तरकारी बाली तथा मकै, कपिलवस्तुमा तरकारीबाली तथा धान, पाल्पामा केही बाली तथा जंगल, स्याङ्जामा केराखेती, दाङमा रोपिएको धान, कास्कीमा घाँसे मैदान र कैलालीमा मकैखेती तथा जंगलको रुखमा सलहले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...