Monday 13th October 2025

विदेशबाट फर्किने कामदारले सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने


काठमाडौं -सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ ।

कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन ।

अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।

यसले विदेशमा काम गरिरहेका नेपालीलाई फाइदा हुने सरकारको विश्वास छ । यसअघि काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बाला बनाएर सुन तस्करी मौलाएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...