Monday 12th October 2026

विदेशबाट फर्किने कामदारले सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने


काठमाडौं -सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ ।

कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन ।

अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।

यसले विदेशमा काम गरिरहेका नेपालीलाई फाइदा हुने सरकारको विश्वास छ । यसअघि काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बाला बनाएर सुन तस्करी मौलाएको छ ।


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...