Saturday 20th June 2026

निजी प्रयोगशालालाइ पीसीआर परिक्षण गर्न दिने, निजी मेडिकल कलेजलाइ आइसोलेसन सेन्टर बनाउने


तितोपाटी – नेपाल सरकारले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने निर्णय  गरेको छ।

सरकारले संकलन गरेका स्वाबलाई निजी प्रयोगशाला परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार निजीमा गरिएको परीक्षणको शुल्क भने सरकारले व्यहोर्ने छ।

त्यसैगरी सरकारले कोरोना परीक्षण गर्न आवश्यक ठहर्‍याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णयसमेत सरकारले गरेको छ।

विदेशी कूटनीतिक निकायका व्यक्तिले, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नु परेका व्यक्तिले र कतैबाट पीसीआर परीक्षणका लागि अत्यावश्यक भनी सिफारिस भई आएकाले सःशुल्क पीसीआर परीक्षण गर्न पाउने व्यवस्था भएको प्रवक्ता गौतमले जानकारी दिए।

सःशुल्क परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल गरी तीन अस्पताल तोकिएका छन्। पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ।

त्यसै गरी कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...