Saturday 8th November 2025

सप्तरीमा ८ वर्षीया बालिकालार्इ बलात्कार गर्न खोज्ने पक्राउ


तितोपाटी – सप्तरीमा ८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिका-९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको आरोप लागेको छ । गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम गर्ने, गोप्य अंगहरु चलाउने काम गरेको प्रहरीले बताएको छ ।

डर, धम्कीका कारण बालिकाले कसैलाई जानकारी नगराएपनि भिडियो नै फेला परेपछि साहलाई पक्राउ गरी जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भावेश रिमाले जानकारी दिए । ‘हामीलाई कतैबाट भिडियो प्राप्त भएपछि दोषीको खोजी शुरु गर्‍यौं,’ रिमालले भने, ‘भिडियोमा देखिएका व्यक्ति साह नै हुन् ।’

साहलाई पक्राउ गरेपििछ पीडित बालिकाका अभिभावकको उजुरी लिएर कारबहाी प्रकि्रया अघि बढाएको डीएसपी रिमालले बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...