Sunday 9th August 2026

सप्तरीमा ८ वर्षीया बालिकालार्इ बलात्कार गर्न खोज्ने पक्राउ


तितोपाटी – सप्तरीमा ८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिका-९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको आरोप लागेको छ । गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम गर्ने, गोप्य अंगहरु चलाउने काम गरेको प्रहरीले बताएको छ ।

डर, धम्कीका कारण बालिकाले कसैलाई जानकारी नगराएपनि भिडियो नै फेला परेपछि साहलाई पक्राउ गरी जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भावेश रिमाले जानकारी दिए । ‘हामीलाई कतैबाट भिडियो प्राप्त भएपछि दोषीको खोजी शुरु गर्‍यौं,’ रिमालले भने, ‘भिडियोमा देखिएका व्यक्ति साह नै हुन् ।’

साहलाई पक्राउ गरेपििछ पीडित बालिकाका अभिभावकको उजुरी लिएर कारबहाी प्रकि्रया अघि बढाएको डीएसपी रिमालले बताए ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...