Tuesday 13th January 2026

“बिचरा भित्ताहरु” -राम भण्डारी


“बिचरा भित्ताहरु”
-राम भण्डारी

यो भित्ता जस्ले जे लेख्दा पनि हुने
छैन यादमा मन, सञ्जालको होस् वा
बाटाका दायाँ बायाँ ।

गोधुली साँझ,मात्तिएको बेला वा
बत्ती मुनिको छायाँ
भैरवको बाहनलाई पनि
घुमीघुमी लेख्नु पर्ने रे त्यहाँ ।

राम्रा-नराम्रा लेख्दै अनि फेरी मेट्दै
पर्व झैं चल्छन् जहाँ
न कोरिएका, पोतिएका
सफा र शान्त भित्ताहरु छन् कहाँ ।

सुखमा लेखिए दुःखमा पनि पोतिए,
खाली लिईन्छ फाइदा यहाँ
चित्कार देख्छ कस्ले,
सुन्छ र नाथे भित्ताको मायाँ ।

ठोक्दै भाला,किला
बिचरा भित्तालाईबिझाई मनमा काँडा
च्याति धर धर भित्ताहरु
लिई गए झिकेर भरेका भाँडा ।

भित्ता मनको वा बनको केहि बोल्दैन
सहिरहन्छ बिषको कुवा
खाली गर्दछ महसुस
भित्रै जलि जलि देखिन्न कतै धुवाँ ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...