Wednesday 12th August 2026

“पैसा” -राम भण्डारी


“पैसा”
-राम भण्डारी

यो कस्तो बनायौ कागजै हो चिन्यौं
छ नी यो अचम्मको
“पैसा”नाम हो यसको चर्तिकला देखाउछ अजङ्गको
नभै पनि नहुने, धेरै भए सुख नदिने भाव जन्माउँछ दम्भको ।

जो संग धेरै छ, थोरै हुनेलाई
देख्दैन राम्रो ढंगको
भन्छन् कसैले जे चाह्यो आर्जिन्छन्
गलत अर्थ अचम्मको ।।

उचित प्रयोग नगर्दा यसलाई ख्याल राख्नु ईज्जतको
जोगी, रोगी,भोगी सबलाई चाहिने फेरिन्छ सबै रङ्गको
यसकै लागि बिदेशियौं
थाँती राखि नाता देश संगको ।।।

जाँगर साटियो,पसिना बेचियो यसकै लागि सपना पनि भंग भो
वर्षौ बित्यो परदेशमा बिरानो भयो काख बुवा आमाको
खुसीले हैन यो दुःख बहुत थियो व्यबहार घरसम्मको
संसारकै सबभन्दा बलियो रहेछ यै पैसा भन्ने बस्तु पो
सहजै अनुमान नगरौ यहि पैसालाई गहिराइमा बुझ्ने को?


सम्बन्धित शीर्षकहरु

पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको कारण अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ। भूकम्पपछि उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको…

इटालीको सिसिलीस्थित माउन्ट एटना ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीको बादल माल्टासम्म पुगेपछि हवाई यातायात प्रभावित भएको छ। मंगलबार, अगस्ट ११ मा…

काराकास/तेल अभिभ — भेनेजुएला र इजरायलले १७ वर्षपछि कन्सुलर सम्बन्ध पुनःस्थापित गर्ने सहमति गरेका छन्। दुवै देशले आफ्ना नागरिकलाई कन्सुलर…

प्रतिकृयाहरू
...