Saturday 10th October 2026

कविताः परदेशीको ब्यथा -एस. के. चौलागाई


-एस. के. चौलागाई

पासपोर्टको पानामा भिसा लगाउँदै परदेशमा आको छु
गाउँ घर साथी भाइ परिवार छोडी रुदै बस्नी भाको छु।।

इराकको छेउमा बसेको छु पड्की रहन्छ सधैं गोली
कुन दिन मरिन्छ बिरानो ठाउँमा एक शब्द नै बोली।।

अरु को देसमा बसेको छोरा आउँछ भन्ने हुन्न आस
बाँचे त फर्केर आउँला मरे भने आउनेछ नत्र लास।।

साहुले घरमा आएर बिहान पैसा लेउ भन्दै कराउँछ
त्यस्तो कुरा परदेशमा बसेर सुन्दा झन होस हराउँछ।।

धन कमाउन काम गर्छु दिन रात चर्को घाममा पनि
पैसा कमाई खुसी हुँदै आफ्नै घरमा फर्किन्छु भनी।।

गाउँका सबै विदेश जाँदा मलाई पनि भयो रहर
बाबा आमा घरकी श्रीमती बाल बच्चा रुन्छ धर धर।।

सिन्धुली, नेपाल
हाल: मरुभुमि कुवेत


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...