Sunday 7th June 2026

कविता :”म पागल हुँ”


कविता :”म पागल हुँ”

-बद्री न्याैपाने “बैरागी”

म पागल हुँ
जस्ले तिमीलाई वर्षौ देखी
माया गर्दै आएको छ
तिम्रो एकोहोरो मायामा डुब्दै
पौडिदै आज सम्म बाँचेको छ
तिमी सँग बिताएका केही
तिता मिठा पलहरु बाँच्नको लागि
औषधिको रूपमा प्रयोग गर्ने
म पागल हु !!

तिमीले सधैं जसो बोलाउने
“ओए पागल”
भन्ने शब्द भित्र तिम्रो लागि
हाम्रो मायाको कैयौ
किताबहरु लेखेको छु
जुन तिमीले पढ्न छुटायौ
र त्यही पागल शब्दमा स्थिर भयौ
मैले चाहेर पनि तिमीलाई त्यो
किताब पढाउन सकिन
किन की
म पागल हु !!
मैले इमान्दारीको हिफाजत गरी रहँदा
“म झुक्दै नझुक्ने नेपालको छोरो”
नाराहरुमा, मेरो इमानमा
तिमी र देश उत्तिकै पुजेको हूँ
साह्रै डर लागि रहयो
के बिक्री हुन्छ ?
किताब या मेरो इमान र बहादुरी?
म पागल हुँ
किनकी सिमानामा मैले
आँगन गुमाएको पत्तै पाइन
जुन आँगनमा बसेर मेरा
पद चाप महसुस गर्ने हृदय
र क्षितिज नियाल्ने तिम्रा नजर
अडेको एउटा सानो स्वर्ग
लिपुलेक, लिम्पियाधुरा र कालापानी
जस्तै बनेकी छौ
जो आफ्नो भएर पनि मैले गर्बका साथ
मेरो हो भन्न सक्दैन
किन कि
म पागल हु !!


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...