Saturday 10th October 2026

गजल -राज श्रेष्ठ


-राज श्रेष्ठ

हराभरा सम्बृद्ध रुख धमिराले टोकेर सकेको हो।
जनतालाई गरिबीले देशलाई कपुतले लुटेको हो।

म नेपाली हुँ भोक र दुःख सहने आदत छ मलाई,
सरकार, मेरो मन त तिम्रो बेवास्ताले दुखेको हो।

आमा, अन्तिम पलमा पनि तिम्रो मुहार हेर्न पाईन,
तिम्रो यो छोरा धापिदै सिमासम्म आईपुगेको हो।

हिजो सम्म उ गर्व गर्थ्यो म वीर गोर्खाली हुँ भनेर,
आज भोकबाट बच्न उसले आत्महत्या गरेको हो।

महोदय, सत्ताधारी र बलात्कारीमा के भिन्नता छ?
एउटाले आमा, अर्कोले छोरीलाई लुटेर हाँसेको हो।

हेटौंडा, नेपाल
हाल – कुवेत।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...