Tuesday 13th January 2026

कोरोनाको कहर


-राम भण्डारी

कोरोना भन्ने तन्तुले
विश्व सारा दन्कियो ।
उर्जा भएजति देश-देशको
घर भित्रै थन्कियो ।।

रातारात शहर छाडे सबैले,
अब गाउँ फेरि जन्मियो
बन्दाबन्दी पनि अलि अलि गर्दै,
रबर झैं तन्कियो ॥

हर प्रहर युद्ध चलेझैं रहने
चोक-चोक अहिले
सन्नाटा तिर लम्कियो
अति स्वच्छ भएर बाटोभरि
पुष्प बास गम्कियो ।।

जनजनमा त्रास यो रोगको
कहिले सम्म हुने हो?
परदेशी घर सम्झेर बिदेशमा
कहिले सम्म रुने हो ?

घर देशमा आफन्त, परिवार
कहिले सम्म कुर्ने हो?
परदेशी आफ्ना खसमको
स्वागत खातिर
साइत कहिले जुर्ने हो?

भागी जाओस कहर पनि
फर्कियोस सबै पुरानै दिन अनि
सबै निको हुनु, रहनु खुसी भै
जो संक्रमित छन् नि ।।

जसलाई मिल्यो दुःखद सहादत,
कामना आत्मा,चिरशान्ति को
दुःखदायी निधन जहाँ जहाँ भयो,
हार्दिक श्रद्धाञ्जली हामी सबैको ।।
हार्दिक समवेदना हामी सबैको ।।।

 


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...