Saturday 10th October 2026

कविताः कोरोना घाती


कस्तो रोग आयो कुन्नी, यो कोरोना घाती ।
न आफन्त भेट्न पाइने न त सङ्गी साथी ।।

घर देशमा रोइ रहन्छिन बलिन्धारा आमा
परदेशमा बिचल्ली छ पाको छैन काम ।।

देशमा नेता भ्रष्टाचारी कस्लाइ गर्नु भलो
पराइ जस्तै भएको छ जन्मिएको थलो ।।

सबै रोगले नजिक ल्याउन्थ्यो आफन्तलाइ भेट्न
कस्तो रोग आयो यो त जरै देखि मेट्न ।।

सचेत बनौ सबै जना आफ्नो ख्याल गरौ
परदेशीलाइ फर्काउ सरकार मरे सङ्गै मरौ ।।

तारा अर्याल
हाल-विरानो मुलुक


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...