Friday 19th June 2026

नेपालमा आज इश्लाम धर्मावलम्बीहरूले इद-उल-फित्र मनाउँदै


तितोपाटी – नेपालमा इश्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलेआज  ईद–उल–फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ । ईदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ ।

ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ । यसवर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रुपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको कारण मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर ईद–उल–फित्र मनाइएको छ । यस वर्ष मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।

इद-उल-फित्र नेपाल, भारत, बंगलादेश लगायत दक्षिण  र पुर्वी एसियाका देशहरूमा आज इद-उल-फित्र मनाए पनि मध्यपुर्व लगायत विश्वका अन्य देशहरूमा हिँजो नै इद-उल-फित्र मनाइएको छ भने हरेक वर्ष यसै गरि एक दिन अघि पछि गरेर इद-उल-फित्र मनाउने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...