Wednesday 12th August 2026

कविताः उद्धार गरिदिनोस्


-राम भण्डारी

घरबुढो
कानका जालिहरु बाक्ला भएर हो
वा आवाज भद्दा,
पटक्कै केहि घुस्दैनन्!
घच्घच्याउने त धेरै छन् तैपनि पस्दै पस्दैनन्,
गाउँ बस्तीको रैथाने हु भन्थे,
आजकल त दुरदराजमा बस्दै बस्दैनन् ।।

गाउँ बुढो हुँदा
सजिलै भन्थे दुःखका दिन गए अब,
तारेभिर बाट पनि कुलो खनिदिन्छु
गाउँ भरिका युवा युवती,
एकएक लाई जागिरदिन भनिदिन्छु ।।

तर … आजभोलि
सबै बाचाहरु भुलेर,
सिंहदरबार तिर डुलेर हिड्छन् रे !
शहर पसेर आलिशान महलमै बस्छन् रे,
अनि भोगी र रोगी भएका छन् रे,!!

चिल्लो गाडी सहित ब्रेकफास्ट,
अनि डिनर गर्छन् रे
अाफ्नै बस्तिलाई पनि
विरानो भन्ने ढोंगी भएका छन् रे ।।

भन्छन् रे
बाचा पुरा गर्न फर्किन्न म त्यो गाउँमा
शहरै पसिदिन्छु ।
एक झुटले के भयो त
५ बर्ष लाइ हाईसन्चो बसिदिन्छु ।।

तर …तर सुन्छु

देश बुढो भएर
ढाकछोप,टालटुल अनि
हसाँउन भरमग्दुर कोशिस गर्छन् ।
बोल्नै नपर्ने ठाउँमा
मच्चि मच्चि बोल्छन्,
साँचो-झुटको पर्वाह छैन,
करतालध्वनि सँगै बगिदिन्छन ।।

भन्छन्
मलाई त छिमेकीको बडो भर लाग्छ
बरुआफ्नै सहयात्रीसँग कताकता डरलाग्छ ।।

थाहै छ
अस्ति मात्र पाएको आशिर्वाद ताजै छ यहाँ
वल्लो अनि पल्लो घरका
दौंतरीको पनि ठुलै साथ छ याहाँ ।।

र त देश बुढो यहिँ छन्,कोभिड मा पनि
कालापानी अनि लिपुलेक मा पनि ।।

केहि छैन..

केहि छैन
मन जलाएको भएपनि
आशा पलाएका छन्,
होस पुर्याएर जनताको सेवा गरिदिनोस् ।।
ए हजुर! धेरै नेपालीहरु परदेशमा अलपत्र छन्
छिट्टो उद्धार गरिदिनोस् ।।

हाम्रै जनता हुन उनीहरु पनि
आफ्नै नजरले हेरिदिनोस् ।।
बस् आफ्नै नजर ले हेरिदिनोस ।।

धन्यवाद!!!


सम्बन्धित शीर्षकहरु

काराकास/तेल अभिभ — भेनेजुएला र इजरायलले १७ वर्षपछि कन्सुलर सम्बन्ध पुनःस्थापित गर्ने सहमति गरेका छन्। दुवै देशले आफ्ना नागरिकलाई कन्सुलर…

काठमाडौँ/इस्लामाबाद — कतारी पर्वतारोही शेखा अस्मा बिन्त थानी अल थानीले पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ग्यासेरब्रुम–२ (८,०३५ मिटर) सफलतापूर्वक आरोहण गर्दै…

कुवेतको गृह मन्त्रालयअन्तर्गत राज्य सुरक्षा सेवाले आतङ्कवादी संगठन ISIS का सदस्यहरूसँग सम्पर्कमा रहेको र विस्फोटक पदार्थ बनाउन तालिम लिएको आरोपमा…

प्रतिकृयाहरू
...