Saturday 10th October 2026

“मेरो देश, मेरो जन्मभूमि नेपाल”


“मेरो देश, मेरो जन्मभूमि नेपाल”
-राम भण्डारी

यूगौ देखि वीर सपुतहरुको बलिदानबाट
सृजित अटल यो मातृभुमि नेपाल ।
ज्ञानी,ऋषि-मुनी र विद्वान हरुको
योगमा सु-सज्जित शान्ति भूमि नेपाल ।।

कसैको ह्यकुलो मिचाहा प्रवृत्तिबाट
किंचित डगमगाउन्नौं हामि नेपाली
पुर्खाले लडे वैरीको काढि उछित्तो,
माटोलाई दिए आफ्नो तिलान्जली ।।

नेपाल आमालाई मुटुभरि राखेर
दुस्साहस सँग डटिरहे हाँसी हाँसी
झुक्न दिएनन् देशको शिर कहिल्यै पनि
बरु रोजे सहजै फाँसी ।।

हामी जो छौं जसमा रगत छ बगेको
वीर सपूतका निडर् छ हाम्रो बानी
सकल जग-जाहेर छ यहाँ,
देश निम्ति सहजै दिन्छौं बलिदानी ।।

अामाको छातीमा कसैको परेड
बिरुद्ध छोरा छोरी जागिसके
कस्ता हुन् सच्चा देशभक्त
भनेर लोकलाइ देखाउन लागिसके ।।

जस्तो जे भयो अब तिम्रो भूलजानी,
चुपचाप बसेकै राम्रो
आफ्नै थियो, आफ्नै रहन्छ,
अखण्ड नेपाल युग-युग सम्म हाम्रो ।।

सगरमाथा नझुके जस्तै,सिता,बुद्धवाणी
अजर,अमर पूर्वमेची पश्चिमकाली चारैकिल्ला
रहन्छ युग-युग ढुङ्गामा कोरिएका
नमेटिने अछ्यर झैं हाम्रा हिमालदेखि तराई ७७रै जिल्ला ।।

सार्वभौम थियो, रहन्छ पनि यो,
तर कु-दृष्टि पर्यो कस्को चालामा
सत्य त डग्दैन कहिलै,
जो पुन: प्रमाणित गरियो हाम्रै पालामा ।।

दैवि बिपत्ति बिरुद्ध लड्ने शक्ति,
धैर्यता जुटाउनु छ यहि बेलामा
चिरिएका घाउहरुमा आमाको
मल्हम लगाउनु पर्ने छ ठाउँ ठाउँमा ।।

ईतिहास साक्षात छ वीरताको गाथा,
रक्तलििखत,सपना शहिदका अधुरा
त्यही पछ्याउँदै ३ कोटी नेपाली
खाउँ कसम देश निम्ति बाचा गरौं पुरा ।।

गर्व छ हाम्रो अखण्ड नेपाल,
हिमाल,पहाड तराई,हामी नेपाली हुनुमा
कहिले कोहि सामु नझुक्ने
शुर,वीर नेपाली एउटै धुनमा
लडिरहेकै हुन्छौं अघि बडिरहेकै हुन्छौं
सत्कर्ममा अनि छुन चन्द्र सूर्य नभमा ।।।

जय देश !

नोटः रचनाकार सिन्धुपाल्चोक घर भइ नेपाल सरकारको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २२ वर्षदेखि सेवारत हुनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...