Monday 29th December 2025

नेपालमा कोरोना संक्रमित अरू ६ जना डिस्चार्ज, संक्रमितको संख्या ८२ मै स्थिर


तितोपाटी – कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। विराटनगरस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन्। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

कोरोना मुक्त भएका ६ जनालाई आज विहान अस्पतालले डिस्चार्ज गरेको हो। सबै ६ जना भारतको दिल्लीका नागरिक हुन्। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए। डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

एकै समय कोरोना संक्रमण भएकामध्ये उनीहरुको तीन पटकसम्मको परीक्षणमा कोरोना नेगेटिभ देखिएको कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए। अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये डिस्चार्ज भएका बाहेकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ।

डिस्चार्जपछि उनीहरुलाई एम्बुलेन्समा राखेर विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा लगिएको छ। हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई तत्काल त्यहिँ राखिने बताइएको छ। मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था गरिएको छ।

नेपालमा अहिलेसम्म जम्मा ८२ जनामा कोरोना संक्रमण देखिएको छ भने आज डिस्चार्ज भएका सहित जम्मा २२ जना निको भएर फर्केका छन् ।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...