Tuesday 13th October 2026

महोत्तरीको दशगजा क्षेत्रबाट नेपाल पस्न खोज्ने ११ बंगाली नियन्त्रणमा


तितोपाटी – लकडाउन उल्लंघन गर्दै सीमा वारपार गर्न खोज्ने ११ बंगाली मुसलमानलाई सोमबार घेराबन्दीमा पारी प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई दसगजा नजिकको मनरा सिसवा नगरपालिका–८ स्थित सहसराम र बथनाहाबीचको बगंैचामा लुकिबसेको अवस्थामा देखेपछि गाउँलेले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

वडाध्यक्ष बलिराम रायका अनुसार बिहान करिब ६ बजेतिर दसगजा आसपासका क्षेत्रमा अपरिचत व्यक्ति सीमापार गर्ने नियतले लुकिबसेको सूचनाका आधारमा गाउँलेले बगंैचामा घेराबन्दीमा पारेका थिए । दसगजा र बगैचाको दूरी करिब दुई सय मिटर छ । पक्राउ परेका एघारैजना मुस्लिम समुदायका हुन् ।

ठेगाना भारतको पश्चिम बंगाल बताएका उनीहरूले लामो समयदेखि लकडाउनमा परेर दिक्दार भएका बेला भारत सरकारले रेलवे सेवा खोलेको जानकारीपछि आफूहरू चोरबाटो हुँदै भारत प्रवेश गर्न खोजेको जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...