Tuesday 27th October 2026

कुवेतमा ९ जना नेपाली सहित ९९३ जना कोरोना संक्रमित


तितोपाटी – कोरोना भाईरस (कोभिड-१९) बाट कुवेतमा हाल सम्म ९ नेपाली सहित ९९३ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५ नेपाली सहित ८३ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ५१ जना भारतीय नागरिक रहेका छन ।

कुवेतको प्रकाशित सरकारी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक  रहेका छन ।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा ९९३ संक्रमित मध्ये अहिले सम्म १२३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कुवेतमा हाल सम्म एक जना भारतिय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...