Tuesday 13th October 2026

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ


काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए।अभियुक्त मगरले झोर्ले न्युज डट कम नामक अनलाइनबाट सो अडियो सार्वजनिक गरेको प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले  बताए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...