Monday 26th October 2026

पूर्वअनेरास्ववियुका नेतालाई बलात्कार मुद्दामा ८ वर्ष ६ महिना कैद


काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ ।

जिल्ला अदालतले राईलाई दोषी ठहर गर्दै आठ वर्ष ६ महिना कैद तथा पीडित युवतीलाई एकलाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उक्त फैसला गरेको हो । राईमाथि गत वर्षको तिहारमा भैलो खेल्ने बहानामा युवतीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लागेको थियो ।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि राईलाई प्रहरीले पक्राउ गरेकाे थियाे । उनीमाथि प्रहरीले काठमाडाैं जिल्ला अदालतमा जबर्जस्ती करणी अभियाेगमा मुद्दा दर्ता गरेको थियो ।बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला राईलाई अनेरास्ववियुुले निलम्बन गरेको थियो ।
-नयाँपत्रिकाडेलीबाट


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...