Wednesday 30th September 2026

श्रीमतीलाई कोरोना भाइरस देखिएपछि क्यानडाका प्रधानमन्त्री पनि क्वारेन्टिनमा


पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्।कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्।कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि ट्रुडोले कोरोना भाइरस परीक्षण नगर्ने बताइएको छ।

लन्डनबाट क्यानडा फर्केकी ट्रुडो पत्नी सिफी ग्रोगोर ट्रुडोमा बुधबार अबेर राति मध्यम किसिमको फ्लूको लक्षण र हल्का ज्वरो देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। प्रधानमन्त्री ट्रुडोका सञ्चार निर्देशकले प्रम पत्नीको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।

आफूलाई कोरोना भाइरस (कोभिड-१९) भएको पुष्टि भएकी ट्रुडो पत्नीले संक्रमणका कारण आफूले केही असहज महसुस गरिरहेको भए पनि छिट्टै ठीक हुने प्रतिक्रिया दिएकी छन्।यस समस्याबाट सबैजना एकसाथ बाहिर निस्कने बताउँदै उनले सबैलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गरेकी छन्। उनमा कोरोना भाइरस पुष्टि भएपछि हाल उनको सम्पर्कमा आएका व्यक्तिहरूको लगत निकाल्ने काम भइरहेको छ।क्यानडामा हालसम्म १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...