Wednesday 22nd May 2024

पुर्वमन्त्री बास्कोटाले दायर गरे मिश्र बिरुद्द झुट्टा लाञ्छना र गालिबेइज्ज्ती मुद्दा


निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्ती मुद्दा दायर गरेका छन्। आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

मुद्दा दायर गरेपछि बाँस्कोटाले ट्वीट गरेका छन् ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडिओ सार्वजनिक गरेका थिए। उक्त कमिसन अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।


सम्बन्धित शीर्षकहरु

एजेन्सी-अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ । उनीहरुले गाउँमा अन्धाधुन्ध…

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित समर फेसन स्पेशल २०२४ को मे १६ का दिन अल राई आउटलेटमा आधिकारिक रूपमा सुरू गर्यो।…

प्रतिकृयाहरू
...