Saturday 8th November 2025

ल्यापटप र मोवाइलको प्रयोगले बालबालिकाको अाँखामा मायोपिया


प्रा. डा. सविना श्रेष्ठ – अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् । आँखा चिम्लेर मनन गर्नुहोस् त, हिजोको पुस्ताले यतिविध्न चस्मा लगाएका थिए र ?

पक्कै थिएनन् । भन्नुहोला, त्यसबेला चस्मै कहाँ पाइन्थ्यो र ?

कुरा त्यसो होइन । हिजोको दिनमा भन्दा आजको दिनमा हामीले आँखाको दृष्टि गुमाइरहेका छौं । हाम्रो आँखा प्रतिदिन कमजोर हुँदैछ । र, यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ, जो बिहान उठ्नसाथ मोवाइल, ल्यापटप, कम्प्युटरमा तल्लिन हुन्छन् । भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिकामा दृष्टि दोष (रिफ्राक्टिभ एरर) को समस्या धेरै हुने गरेको छ । दृष्टि दोषको उपचार समयमै नगरेको खण्डमा यसका कारण आँखा विग्रने सम्भावना धेरै हुने गर्दछ ।

सामान्यतया दृष्टि दोष दुई प्रकारका हुन्छन् । नजिकको दृष्टि दोष जसलाई हामी मायोपिया भन्ने गर्छौ । त्यस्तै, अर्को दोष भनेको टाढाको दृष्टि दोष हो । जसलाई चिकित्सकीय भाषामा हाइपरमेट्रोपिया पनि भन्ने गरिन्छ ।

दृष्टि दोषमध्ये पनि आजकल बालबालिकाहरुमा नजिकको दृष्टिदोष (मायोपिया) को समस्या धेरै हुने गरेको छ । भिडियो गेम, कम्प्यूटर, मोबाइल फोन लगायतको प्रयोगका कारण बालबालिकामा नजिकको दृष्टि दोषको समस्या गम्भीर भएको पाइएको छ । नेपाल नेत्रज्योती संघले नेपालमै गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले पनि यहाँका निजी स्कुलमा अध्ययनरत बालबालिकाहरुमा मायोपियाको समस्या धेरै भएको पाइएको छ ।

के हो मायोपिया ?

मायोपिया आँखा सम्बन्धि आम समस्या हो । मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

किन हुन्छ ?

मायोपियाको समस्या विभिन्न कारणले हुनसक्छ । कुनै बालबालिकामा जन्मजातै मायोपियो समस्या हुनसक्छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने गर्दछ । परिवारमा कसैलाई दृष्टि दोष भएमा उसबाट जन्मने बालबालिकामा पनि दृष्टि दोष अर्थात मायोपिया हुने सम्भावना धेरै हुने गर्छ । त्यस्तै, धेरै किताब हेर्ने बालबालिकामा पनि मायोपिया हुने सम्भावना उच्च हुने गर्दछ ।
त्यस्तै, जन्मजातै आँखा टेढो हुने बालबालिकामा पनि मायोपिया हुने सम्भावना धेरै हुने गर्दछ ।

मायोपिया भएमा यस्ता लक्षण देखा पर्छ ।

-टाढाको वस्तु धमिलो देखिने

– कुनै पनि वस्तुलाई प्रस्ट रुपमा हेर्नका लागि टेढो हेर्नु वा आँखा चिम्लने

आँखामा परेको अत्याधिक दवावका कारण टाउको दुख्ने

-टाढाको वस्तु हेर्नमा कठिनाई महसुस हुने

-वोर्डमा लेखिएको कुरा प्रस्ट नदेखिने

उपचार विधि

दृष्टि धमिलो भएमा आँखामा चश्मा लगाएर यसको उपचार गर्नु पर्दछ । चश्मा लगाएको खण्डमा बच्चाले राम्ररी आँखा देख्न सक्दछ । यो हामीले सुरुका केही बर्षहरुमा गर्नुपर्छ । जस्तै, बच्चा आठ वर्षको भएदेखि नै आँखाको दृष्टि दोषको उपचार गर्न सकेको खण्डमा आँखा अल्छी हुँदैन । अर्थात ुलेजी आईु वा ुएम्लायोपियाु हुँदैन । किनकी दृष्टि दोष हुनुमा अल्छी आँखा ( लेजी आई) तथा एम्लायोपिया (टेढो आँखा) पनि प्रमुख कारण हो ।

त्यही भएर यदी बच्चामा दृष्टी दोष बाहेक पनि आँखा टेढो हुने समस्या छ भने त्यसलाई समयमा नै उपचार गर्नु पर्दछ । टेढो आँखालाई शल्यक्रियाद्धारा सोझो बनाउन सकिन्छ ।

तर नेपालमा के छ भने जब बच्चा टेढो आँखा लिएर जन्मिन्छ, तब उसलाई भग्यमानीको दर्जा दिइन्छ । उसको अपरेशन गराउन अभिभावकहरु मान्दैनन् । तर टेढो आँखाका कारण पछि गएर उसको जीवनमा कस्तो असर पर्छ भन्ने जानकारी अभिभावकलाई हुँदैन । त्यही भएर पनि टेढो आँखालाई समय छँदै उपचार गरेर त्यसलाई सोझो बनाएर नदेख्ने आँखालाई देख्ने बनाउनु पर्दछ । यो हाम्रो जिम्मेवारी हो ।

कसरी जोगाउने ?

मायोपिया हुनबाट बच्चाहरुलाई जोगाउने एउटै मात्र उपाय भनेको मोबाइल तथा कम्प्यूटरको प्रयोग कम गर्नु हो । मोबाइलमा घण्टौ गेम खेल्ने बानीलाई कम गरेर पनि बालबालिकामा गम्भीर समस्याको रुपमा देखा पर्दै गएको मायोपिया रोगलाई कम गर्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...