Thursday 15th January 2026

रसियन टेनिस स्टार सारापोवाद्वारा टेनिस खेलबाट सन्यासको घोषणा


तितोपाटी – रसियन टेनिस स्टार मारिया सारापोवाले टेनिस खेलबाट सन्यास लिने घोषणा गरेकी छन्। पाँच पटकसम्म ग्रयाण्ड स्लेम विजेता रहिसेकेकी शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्। सारापोवा टेनिस खेलमा सर्वाधिक पारिश्रमिक लिने महिला टेनिस खेलाडी हुन।

साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना विलियम्सलाई हराएर एकाएक चर्चामा आएकी थिइन्। सन २००६मा यूएस ओपनको उपाधि जितेकी शारापोवा २००८ मा अस्ट्रेलियन ओपन, २०१२ मा फ्रेन्च ओपनको र २०१४ रोल्याण्ड ग्यारोसको समेत उपाधि विजेता हुन्। उनी २००५ मा विश्व वरियतामा शीर्ष स्थानमा आएकी थिइन्। विश्व वरियतामा शीर्ष स्थानमा पर्ने उनी पहिलो रसयिन टेनिस महिला खेलाडी हुन्।

१०१६मा भएको अस्ट्रेलियन ओपन अन्तरगतको खेलमा उनले प्रतिबन्धित औषधिको प्रगोग गरेसँगै १५ महिनाका लागि खेलमा प्रतिबन्ध लगाइएको थियो। १५ महिनापछि फेरि टेनिस जगतमा फिर्ता भएकी उनले उनले सन्तोषजनक प्रदर्शन गर्न सकेकी थिइनन्।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...