Sunday 15th March 2026

गम्भीर मुना कार्कीको मृत्यु


तितोपाटी- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित उनको घरमा रहेका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

पशुपति दर्शन गरेर १२ बजे घर पुगेका पूर्वसचिव कार्कीले बेस्सरी चिच्याएपछि स्थानीयवासी घर पुग्दा यो विभत्स घटना सार्वजनिक भएको हो । कार्कीपत्नी मुना जीवितै रहेको देखेपछि तत्कालै स्टार अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ललितपुर उपमहानगरपालिका २, सानेपास्थित घरको भान्छा कोठामा कार्की पत्नीलाई गम्भीर अवस्थामा भेटिएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
हातमा नीलडाम देखिएको थियो ।दाङ स्थायी घर भएका कामदार चौधरीलाई डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको थियो ।प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...