Thursday 15th January 2026

गम्भीर मुना कार्कीको मृत्यु


तितोपाटी- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित उनको घरमा रहेका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

पशुपति दर्शन गरेर १२ बजे घर पुगेका पूर्वसचिव कार्कीले बेस्सरी चिच्याएपछि स्थानीयवासी घर पुग्दा यो विभत्स घटना सार्वजनिक भएको हो । कार्कीपत्नी मुना जीवितै रहेको देखेपछि तत्कालै स्टार अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ललितपुर उपमहानगरपालिका २, सानेपास्थित घरको भान्छा कोठामा कार्की पत्नीलाई गम्भीर अवस्थामा भेटिएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
हातमा नीलडाम देखिएको थियो ।दाङ स्थायी घर भएका कामदार चौधरीलाई डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको थियो ।प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...