Friday 17th October 2025

झापाली समाज कुवेतको चौथो अधिवेशन मार्च ६ मा हुने


तितोपाटी- कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले ६ मार्च शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले हिजो शुक्रबारको दिन फाहाहिलस्थित चौतारी खाजा घरको सभाहलमा समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च ६ मार्च बाट नयाँ कार्यसमिति पाउने भएकोछ ।

उक्त महाअधिबेशनलाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
समय : दिनको ठिक ०१ बजे
मिति : ०६ मार्च, २०२० शुक्रबार
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...