Saturday 13th December 2025

काठमाडौंबाट आइएसएसका ३ जना आतंककारी पक्राउ


तितोपाटी-दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए ।

२०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए ।उनीहरु नेपालमा १५र२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो…

नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च…

प्रतिकृयाहरू
...