Tuesday 13th October 2026

अन्यत्र जाडो बढ्दै गर्दा अष्ट्रेलियामा गर्मी र आगलागी


तितोपाटी-विश्वभर तापक्रम चिसिने यो समयमा अष्ट्रेलियमा भने गर्मी बढेको छ। अहिले अष्ट्रेलियामा ४० डिग्री तापक्रम पुगेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियाका जंगलहरूमा आगलागी शुरू भएको र हावाहुरी पनि चलिरहेकोले आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि आगलागी प्रभावित क्षेत्रतका मानिसहरूलाइ सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ भने आगलागीसँग जोडिएका घटनामा परी १० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ।

सोमवार सबैभन्दा खतरनाक आगो भिक्टोरिया राज्यमा सल्किएको छ। आगो लागेका स्थानहरूमा अग्निनियन्त्रकहरूलाई स्वयंसेवकहरूले साथ दिइरहेका छन्।आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रसिद्ध विदा गन्तव्य इस्ट गिप्सल्यान्डबाट पर्यटक तथा नगरबासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिसकिएको छ।त्यस क्षेत्रमा करिब ३० हजार मानिस बसोबास गर्छन्।

जंगलमा लागेको डंढेलो राजमार्ग सम्म पुग्दा उद्दारमा असहज परिस्थिति सिर्जना भएको छ भने हावाहुरीका कारण आगो तटीय क्षेत्रमा आइपुग्ने जोखिम बढेको छ।मेलबर्न शहरदेखि १६ किलोमिटर उत्तरतिर पर्ने बन्डूरामा पनि आगोले जनधनलाई जोखिम पुर्‍याइरहेका विवरण प्राप्त भएका छन्।न्यू साउथ वेल्स राज्यमा आगो निभाउने काममा लागेका एक स्वयंसेवकको ज्यान गएको छ। तीव्र बेगको हुन्डरीमा ती व्यक्ति सवार ट्रक पल्टिँदा उनको ज्यान गएको र अन्य दुई घाइते भएको बताइएको छ। दक्षिण अस्ट्रेलियाको एडेलेइड र तास्मानिया टापुमा पनि आगो निभाउने प्रयास जारी छन्।
-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...