Wednesday 19th August 2026

सोमालियामा कार बम विष्फोटमा परि ७९ जनाको मृत्यु, फिलिपिन्समा आँधीका कारण ४१ जनाको मृत्यु


तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको “द न्युयाेर्क टाइम्स” ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको मृत्यु हुन पुगेको हो। मृत्यु हुनेहरूमध्ये अधिकांश विश्वविद्यालयका विद्यार्थी छन्।

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ। चर्चित पर्यटकीय ग्रामीण क्षेत्रमा क्रिसमसको दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो। हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेको जनाइएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराइरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिएका छन्। प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो। आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको छ।

कतिपय ठाउँमा भौतिक संरचनामा क्षतिसमेत भएको अधिकरीहरुले जनाएका छन्। त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान र यातायात सेवासमेत रद्द भएका छन्। खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो। फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौंको मृत्यु हुने गरेको छ। फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो। उक्त समयमा सात हजार तीन सय जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...