Tuesday 29th September 2026

दक्षिण एसियाली खेलकुदको पुरूष फुटबल फाइनलमा नेपाल र भुटान भिड्ने


तितोपाटी – १३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले बंगलादेशलाई १-० शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। भुटान, माल्दिभ्स र बंगलादेशलाइ हराएको नेपालले श्रीलंकासँग बराबरी खेल खेलेको थियो ।

लिग राउन्ड रोविनको अन्तिम खेलमा नेपाललाई फाइनल प्रवेश गर्न बराबरी खेल नै काफी थियो। तर बंगलादेशलाई भने जितको विकल्प थिएन। जीतसंगै नेपाल १० अंक सहित समूह विजेता भएको छ। नेपालले फाइनलमा भूटानको सामना गर्ने छ। भूटान नौं अंक सहित समूह उप–विजेता भएको छ।

भूटानले भने पहिलो पटक साग फुटबलमा स्वर्ण जित्ने अवसर पाएको छ। भूटानसंग भोली मंगलबार फाइनल खेल हुने छ। उक्त खेलसंगै १३ औं साग पनि अन्त्य हुने छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...