Tuesday 13th October 2026

गृह मन्त्रालयले घुस खाएको आरोपमा दोलखाका सिडिओलाई हटायो


तितोपाटी – घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाललाई शुक्रबार गृह मन्त्रालयले हटाएको छ ।

उनले मुद्दा छिन्ने क्रममा पटक– पटक घुस लिएको खुलेपछि रिजाललाई शुक्रबार मन्त्रालय तानिएको हो । गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ ।
रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए ।

पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सिडिओले घुस लिएको सार्वजनिक गरेका थिए । त्यसअघि पनि विभिन्न मुद्दामा उनले पैसा लिएको खुलेको थियो ।

रिजालमाथि थप छानबिन हुने गृह मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...